बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ सहित ११७२ जनामा कोरोना पुष्टि
समाचार

२४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ सहित ११७२ जनामा कोरोना पुष्टि

असोज ७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण भएको बताए । २४ घण्टामा ९४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा हालसम्म ६७ हजार ८०४ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८९३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९ सय ५४ रहेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइल फोटो

 

फेसबुक प्रतिक्रियाहरु