शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हेलो सरकार फेरि सक्रिय, बिहान ७ देखिसाँझ ७ बजेसम्म गुनासो सम्बोधन गर्ने
समाचार

हेलो सरकार फेरि सक्रिय, बिहान ७ देखिसाँझ ७ बजेसम्म गुनासो सम्बोधन गर्ने

असोज ४,
काठमाण्डाै । सरकारी सेवा प्रवाहमा भएका कमजोरीबारे गुनासो सुन्ने र समाधान गर्ने निकाय हेलो सरकार फेरि सक्रिय भएको छ ।

संविधान दिवसको दिन अर्थात् असोज ३ गतेदेखि हेलाे सरकारले बिहान सात बजेदेखि राति सात बजेसम्म नागरिकका गुनासा सुनेर समाधान गर्ने भएको हो ।

टेलिफोन नम्बर ११११ वा हेलाे सरकारको फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा बिहान सातदेखि साँझ सात बजेसम्म गुनासा टिपाउन सकिने र त्यसको समाधान खोजिने हेलाे सरकारले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु