शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा ७६७ सहित १३२५ जना कोरोना संक्रमित थपिए
समाचार

काठमाडौं उपत्यकामा ७६७ सहित १३२५ जना कोरोना संक्रमित थपिए

असोज ०४

काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना संक्रमण भएको बताए ।  २४ घण्टामा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ६४,१२२ जना छन् ।स्वास्थ्य अनुसार पछिल्लो २४ घण्टामा ९६६ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ४६२३३ रहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु