बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कोरोनाले संघीयताको औचित्य पुष्टि गर्‍यो : परराष्ट्र मन्त्री
समाचार

कोरोनाले संघीयताको औचित्य पुष्टि गर्‍यो : परराष्ट्र मन्त्री

असोज ३,

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले स्रोत साधनाले केही समस्या भएपनि कानूनी, प्रशासनिक र वित्तिय पाटोबाट संघीयता व्यवस्थित ढंगले स्थापित भइसकेको बताएका छन्।

नेपाल कानून समाजले आयोजना गरको ‘भर्चुअल छलफल’मा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारी अभाव र स्रोत साधान नपुग्ने समस्या भएपनि वित्तिय, प्रशासनिक र कानूनी हिसाबले संघीयता स्थापना भइसकेको बताए।

प्रशासनिक संयन्त्र केन्द्रीकृत प्रशासनको ढाँचाबाट आएकाले स्थानीय तहमा केही समस्या भए पनि अहिले कोभिडको संकटका बेला संघीयताको औचित्य पुष्टि भएको उनले बताए। सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान लेख्नु आफैमा उपलब्धि भए पनि त्यसमा लेखिएको कुराहरूको कार्यान्वयन महत्वपूर्ण पाटो भएको बताए।

संघीयता, सहभागितामूलक प्रजातन्त्र, सामाजिक न्यायका आधारभूत विषयहरुमा हामीले कति उपलब्धी हासिल गर्न सकेका छौँ त्यसको निर्मम मूल्याङ्कन हुनुपर्ने उनले बताए। नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले लोकसेवा आयोग, निजामति सेवा ऐन, नागरिकता ऐन समयमै नआउँदा समस्या भएको बताए। संसदले आफ्नो प्राथमिकतामा राखेर यी ऐनहरूलाई अगाडी बढाउनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए।फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु