शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • २४ घण्टामा थपिए १ हजार २०४ कोरोना संक्रमित : मृतकको संख्या ४ सय नाघ्यो
समाचार

२४ घण्टामा थपिए १ हजार २०४ कोरोना संक्रमित : मृतकको संख्या ४ सय नाघ्यो

असोज ०३,

बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए ।

यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए ।

फेसबुक प्रतिक्रियाहरु