शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पछिल्लो २४ घण्टामा १५३९ संक्रमित, १०६८ डिस्चार्ज, ८ जनाको मृत्यु
समाचार

पछिल्लो २४ घण्टामा १५३९ संक्रमित, १०६८ डिस्चार्ज, ८ जनाको मृत्यु

भदौ ३१,

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५३९ जना कोरोना संक्रमित थपिएको बताए ।

योसँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । मन्त्रालयका अनुसार २४ घन्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ।

बितेको २४ घण्टामा १०६८ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट मुत्यु हुनेका संख्या ३७९ पुगेको छ ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु