बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कांग्रेस महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना
समाचार

कांग्रेस महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना

भदौ ३१

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् । केहीदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।

नेता शशांकको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । टोलीमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायत छन् ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

पाँच वर्षअघि एस्पिरेशन न्युमोनियाका कारण अचानक अचेत हुँदा पनि डा. कोइरालाको उपचार ॐ हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो ।फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु