शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देशभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण,
समाचार

देशभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण,

भदौ २९,
काठमाण्डाै । नेपालमा अहिलेसम्म एक सय दुई जना पत्रकारमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम बाहेक बाँकी ६ प्रदेशका एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उहाँको भनाइ छ । फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु