बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आउदो शनिबारसम्म मौसम बद्ली हुने, प्रदेश १ र ५ का केही ठाउँमा ठूलो वर्षा,
समाचार

आउदो शनिबारसम्म मौसम बद्ली हुने, प्रदेश १ र ५ का केही ठाउँमा ठूलो वर्षा,

मौसम

भदौ २५,
काठमाण्डाै। देशका सबैजसो ठाउँको मौसम बद्ली भएको छ । प्रदेश नम्बर १ र ५ का केही ठाउँमा भने पानी परिरहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश १ र ५ सँगै वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज देशभरको मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको सम्भावना छ । आज राति पनि केही ठाउँमा ठूलो वर्षा हुनेउबले बताउनुभयो । यस्तै भोलि र पर्सि पनि देशभरको मौसम यस्तै रहने छ ।

दिउँसोको समयमा केहीबेर घाम लागे पनि फेरि बद्ली भएर पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

यस्तै मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, २ र ५ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बाढी पहिरोको सम्भावना रहेकाले सावधानि अपनाउन आग्रह गरेको छ ।

यी क्षेत्रमा रहेका नदीमा पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक भासिने जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु