बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रधानाध्यापकलाई अपहरण गरेको आरोपमा सिन्धुलीमा विप्लवका आठ जना पक्राउ
समाचार

प्रधानाध्यापकलाई अपहरण गरेको आरोपमा सिन्धुलीमा विप्लवका आठ जना पक्राउ

भदौ १५,
सिन्धुली । सिन्धुलीमा विद्यालयका शिक्षक अपहरणमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई दिनअघि तीनपाटन गाउँपालिका-८ तिल्पुङ्गडाँडाको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई विद्यालयबाटै अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ७ जना पुरुषलाई फिक्कल गाँउपालिका-१ महादेवडाँडाबाट र एक जना महिलालाई तीनपाटन गाँउपालिका-८ लायोगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुको साथबाट पाँच थान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद गरिएको पनि उहाँले जानकारी दिए । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रधानाध्यापक भण्डारी भने लायोगाउँबाटै अपहरणमुक्त भएका थिए । file Photo

फेसबुक प्रतिक्रियाहरु