शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पर्यटन वोर्डका सिइओले टानलाइ होच्याए, माफी माग्नुपर्छ : चोलेन्द्र कार्की
समाचार

पर्यटन वोर्डका सिइओले टानलाइ होच्याए, माफी माग्नुपर्छ : चोलेन्द्र कार्की

सिइओले

भदौ १५,

काठमाडौं । पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले पर्यटन व्यवसायी र पर्यटन मजदुरहरुलाई होच्याउने गरी अभिव्यक्ति दिएको भन्दै टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानले आपत्ति जनाएको छ । गत शुक्रबार बेलुका ९ः ४५ बजे बीबीसी नेपाली सेवाको एक कार्यक्रममा डा. रेग्मीले पर्वतीय पर्यटन र यससँग आवद्ध व्यवसायी तथा मजदुरहरुलाई लक्षित गर्दै हाच्याउने गरी तल्लो स्तरको भाषा शैलि प्रयोग गरेको भन्दै टानले आपत्ति जनाएको हो ।

आइतबार एक विज्ञप्ती जारी गर्दै टानले पर्यटन बोर्डको कार्यकारी जस्तो जिम्मेवार पदमा रहनुभएका पदाधिकारीबाट व्यक्त भएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले कोरोना महामारीको समयमा दिएको अभिव्यक्तिमा डा. रेग्मीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए ।

No description available.

फेसबुक प्रतिक्रियाहरु