बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित ११११ जना कोरोना संक्रमित थपिए, मृतको संख्या १८३ पुग्यो
समाचार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित ११११ जना कोरोना संक्रमित थपिए, मृतको संख्या १८३ पुग्यो

भदौ ११,

काठमाडौं । पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् । विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्मकै उच्च ३७७ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका ३७७ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ८ जनासहित संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । २४ घण्टामा मृत्य हुने ८ जनामध्ये ५ जना महिला र ३ पुरुष छन् ।

काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष र कास्कीकी ३२ वर्षीय एक महिला, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । file Photo

फेसबुक प्रतिक्रियाहरु