शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • २४ घण्टामा कोरोनाबाट काठमाडौंमा तीनसहित थप ७ जनाको मृत्यु
समाचार

२४ घण्टामा कोरोनाबाट काठमाडौंमा तीनसहित थप ७ जनाको मृत्यु

कोरोना

भदौं ०९,

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा काठमाडौंमा ३ जना छन् भने अन्य जिल्लामा १-१ जना छन्।

काठमाडौंमा एकजना ७१ वर्षीया महिला र दुईजना ६६ र ७४ वर्षीय पुरुषको मृत्यु भएको छ। त्यस्तै सिराहामामा २२ वर्षीय पुरुष, पर्सामा ६८ वर्षीय पुरुष, धनुषामा ७६ वर्षीय पुरुष र रुपन्देहीमा ५३ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु