शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरोना संक्रमणबाट एक सातामा ५५ जनाको मृत्यु : मृतकको संख्या १५६
समाचार

कोरोना संक्रमणबाट एक सातामा ५५ जनाको मृत्यु : मृतकको संख्या १५६

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्यो

भदौ ०८

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार रुपन्देहीमा ३ जना, झापा, सुनसरी, धनुषा सर्लाही र पर्सामा एकएक जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ ।

यससँगै मृतकको संख्या १५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा गरी १३७ जना संक्रमित आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

  • सुनसरीको धरान– ८ का ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । २९ साउनमा कोरोना पुष्टि भएका उनको ३० गतेबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको थियो । प्लाज्मा थेरापी समेत गरिएका उनको आइतबार बेलुकी मृत्यु भएको छ ।
  • झापाका ५८ वर्षका पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ । ९ दिन अगाडि कोरोना पुष्टि भएका उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • धनुषाको जनकपुरधाम–२० रुपैठाका ५८ बर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ । उनको ३ गते स्वाब संकलन गरिएको थियो, तर रिपोर्ट नआउँदै मृत्यु भएको थियो ।
  • सर्लाहीको लालबन्दीकी ३३ वर्षीया महिलाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । एक साताअघि ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि चितवन लगिएकी उनलाई अस्पतालले भर्ना लिन नमानेपछि काठमाडौं लगिएको थियो ।
  • रुपन्देहीको बुटवल–१ का ६७ वर्षीया महिलाको बुटवल कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ३१ साउनमा कोरोना पुष्टि भएको उनको भेन्टिलेटरमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।
  • रुपन्देहीकै समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछिद्ध उनलाई १ गते भर्ना गरिएको थियो ।
  • रुपन्देहीकै रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका लागि भारत लैजाने क्रममा बाटैमा मृत्यु भएको र, शव नेपाल ल्याएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • पर्साको वीरगञ्ज–११ की ५६ वर्षीया महिलाको कोरोना अस्पताल वीरगञ्ज हेल्थकेयरमा मृत्यु भएको छ । २४ साउनमा कोरोना पुष्टि भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या बढेपछि पछिल्लो १२ घण्टा भेल्टिलेटरमा राखेपनि बचाउन सकिएन ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २६६ जनासहित ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ३१ हजार ९३५ पुगेको छ । उनीहरुमध्ये १८ हजार ६३१ जना निको भइसकेका छन् भने १३ हजार १५५ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यो समाचार अन्लाइन खबरमा छ ।

फेसबुक प्रतिक्रियाहरु