शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु : मृतकको संख्या १४६ पुग्यो
समाचार

२४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु : मृतकको संख्या १४६ पुग्यो

भदौ ०६

काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा गरी नौजनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा पर्साका तीन, सुनसरीका दुई, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एक/एकजना रहेका छन् । योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु