मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • पहिरोपछि चट्याङको जोखिम बढी : चार महिनामा ५२ जनाको मृत्यु, १६५ घाइते
समाचार

पहिरोपछि चट्याङको जोखिम बढी : चार महिनामा ५२ जनाको मृत्यु, १६५ घाइते

भदौ ५

काठमाडौं । नेपालमा चट्याङबाट ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या अत्यधिक देखिएको छ । बैशाख यता मात्रै चट्याङबाट ५२ जनाको ज्यान गएको छ भने १६५ जना घाइते भएका छन् ।

गृहमन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण ताथ व्यवस्थापन प्राधिकरणका अनुसार बैशाख १ गतेदेखि भदौ ४ गतेसम्मको तथ्यांकअनुसार २१७ जना चट्याङबाट पीडित बनेका हुने, जसमध्ये ५२ जनाको ज्यानै गएको छ ।

गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको हो । मनसुन सुरु नहुँदै चट्याङबाट ३० जनाको मृत्यसु भइसकेको थियो भने मनसुन सुरु भएयता २२ जनाले ज्यान गुमाएका छन् ।

बैशाखयता पहिरोबाट ज्यान गुमाउनेको संख्या २२३ छ भने बाढीका कारण १४ जनाले ज्यान गुमाएका छन् । पहिरोपछि सबैभन्दा ठूलो जोखिम चट्याङकै देखिएको छ । यसअवधिमा पहिरोमा परी घाइते हुनेको संख्या १८५ रहेकोमा चट्याङबाट मात्रै घाइते हुनेको संख्या १६५ रहेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु