शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राष्ट्रिय झन्डा जलाउने र जातीयता भड्काउने गायकसहित ९ जना पक्राउ
समाचार

राष्ट्रिय झन्डा जलाउने र जातीयता भड्काउने गायकसहित ९ जना पक्राउ

नेपालको राष्ट्रिय झन्डा जलाएको

काठमाडौं । नेपालको राष्ट्रिय झन्डा जलाएको र जातीयता भड्काएको अभियोगमा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । मुख्य नाइके ग्याल्जेन दोर्जे तामाङ भन्ने रोजितकुमार तितुङ, लावाङ तामाङ, चलाखमान तामाङ, मंगोल बुद्ध भनिने अनोजकुमार तितुङ, सञ्जय भन्ने हुत्तबहादुर तामाङ, कमलबहादुर लामा तामाङलाई सिआइबीले पक्राउ गरेको हो ।

उनीहरूमध्ये रोजितकुमार तितुङ गायक भएको प्रहरीले जनाएको छ । अन्य तीनजनालाई काठमाडौं प्रहरी र महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरिसकेको छ ।

उनीहरूले राष्ट्रिय झन्डा जलाएर त्यससम्बन्धी भिडियो बनाएका थिए । साथै उनीहरूले युट्युबबाट सार्वजनिक गरेको भिडियोमा जातीयता भड्काउने सामग्री अति उत्तेजक ढंगबाट राखिएको थियो ।file photo

फेसबुक प्रतिक्रियाहरु