बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काठमाडौमा थपिए १३८ सहित १०१६ जना संक्रमित थपिए : २८ हजार नाघ्यो संक्रमितको संख्या
समाचार

काठमाडौमा थपिए १३८ सहित १०१६ जना संक्रमित थपिए : २८ हजार नाघ्यो संक्रमितको संख्या

कोरोना

भदौ ०२

काठमाडौं । काठमाडौमा थप १३८ जनाकोरोना संक्रमितहरु थपिएका छन । आज (मंगलबार)को नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौमा मात्रै १३८ जना थपिएको बताए । आज कूल संक्रमितहरु १ हजार १६ जना थपिएका छन । योसंगै नेपालमा कोरोनाको कूल संक्रमितको संख्या २८ हजार नाघेको छ । योसंगै कोरोनाको बिरामी उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १६ जना संक्रमित थपिएका हुन् । संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा १ हजार १६ जना संक्रमित थपिएको जानकारी दिए । तर २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन् । यो सहित हालसम्म निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु