शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • दुर्घटना न्यूनीकरणका लागि सवारी साधन झल्लर हटाइयो
समाचार

दुर्घटना न्यूनीकरणका लागि सवारी साधन झल्लर हटाइयो

भदौ १,

हेटौडा । बागमती प्रदेश प्रहरी कार्यालयले सवारी दुर्घटना न्युनीकरणका लागि आइतबार सवारी साधनमा राखिएका झल्लरहरू हटाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणको लागि वार्षिक कार्ययोजना अन्तर्गत गत असार २ गतेबाट संचालित उक्त अभियान अन्तर्गत आइतबारसम्म १ हजार ५ सय २ वटा सवारी साधनमा राखिएका १ हजार ८ सय ५० वटा झल्लरहरू हटाइएको हो ।

सजावटको लागि सवारी साधनको अगाडि सिसा छेउमा जडान गरिएका झल्लरका कारण चालकले अगाडिको दृश्य राम्ररी नदेख्ने हुँदा दुर्घटनाको सम्भावना भएको भन्दै ट्रक, टिपर, बस लगायतका सवारी साधनमा राखिएका ती झल्लरहरू हटाइएको महानगरिय प्रहरीले जानकारी दिएको छ ।

साथै सवारी दुर्घटना न्यूनीकरणको लागि वार्षिक कार्ययोजना तयार गरी बिभिन्न कार्यक्रम र अभियान संचालन गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।file  Photo

फेसबुक प्रतिक्रियाहरु