शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ओली, दाहाल र देउवाबिच कोरोनाले सिर्जित समस्या समाधानको विषयमा छलफल सुरु
समाचार

ओली, दाहाल र देउवाबिच कोरोनाले सिर्जित समस्या समाधानको विषयमा छलफल सुरु

भदौ ०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीले बोलाएपछि नेता रमेश लेखकलाई लिएर नेता देउवा बालुवाटार पुगेका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी छन् ।

भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा नियुक्ति, कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्या समाधान लगायतका विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बतायो ।file Photo

फेसबुक प्रतिक्रियाहरु