शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • रामेछापेलीमा कोरोनाको त्रास बढि, सतर्कता शून्य
रामेछाप बिशेष

रामेछापेलीमा कोरोनाको त्रास बढि, सतर्कता शून्य

भदौ ०१,

रामेछाप । चार दिन अघि मन्थली नगरपालीकाका स्वास्थ शाखाका कर्मचारी सहित दुईजनामा कोरोना संंक्रमण पुष्टि भएपछि मन्थली बजार र सिङ्गो रामेछाप यतिबेला अक्रान्त बनेको छ । कोरोनाको संक्रमण संगै मन्थली बजार र आसपासको वस्तीमा पनि एक किसिमको त्रास बढेको छ ।

बढ्दो त्रास संगै जिल्ला प्रशासन कार्यालयले पनि सर्व साधारणको सुरक्षामा ध्यान दिंदै आगामी भदौ ११ गते सम्मका लागि जिल्लाभर लकडाउनको घोषणा गरेको छ । प्रशासनले मन्थली बजार र जिल्ला भरिका सबै बजार क्षेत्रलाई सरकारी मापदण्ड भित्र रहेर विहान ५ बजे देखि १० बजे सम्म मात्र खोल्न पाउने र आकस्मीक क्षेत्र बाहेकका सबै यातायातका साधन संंचालनमा रोक लगाएको छ । तर बजार र आसपासको क्षेत्रका सर्वसाधारणमा भने प्रशासनले देखाएको तदारुकताको तुलनमा सर्वसाधारणको सर्तकता निकै कम छ ।

प्रहरीको कडाईका बावजुद पनि प्रायजसो बिहान र दिउँसो पनि अनाबश्यक रुपमा बजारमा डुल्ने र होटलमा बसेर चिया गफ गर्ने सर्वसाधारण हरुको संख्या उत्तिकै छ । यसरी सरकारी सूचनाको ब्यवास्ता गर्नेहरुमा संचारमाध्यमका प्रतिनिधि सर्वसाधारणको तुलनामा समाजको जिम्मेवार वर्गहरु जनप्रतिनिधि, कर्मचारी र समाजका अगुवाहरुनै बढि रहेका छन् ।

मन्थली नगरपालीकाकै कर्मचारीमा संक्रमण देखिए संगै विशेष गरी सदरमुकाम मन्थली अक्रान्त छ । सर्वसाधारणमा पनि यसको त्रासले निकै तनाब दिएको छ । यसरी प्रशासनको गम्भिरताको तुलनामा नागरिकताको गाम्र्भियतामा भने निकै कमि आएको अनुभब आफुले गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका नागरिक अगुवा हिमाल ढुंगेलले बताए । उनले भने नागरिकको स्वास्थ र जीवन संग जोगिएको सवालमा समाजको जिम्मेवार बर्गनै गम्भिर नहुनु दुखद कुरा हो ।

विहान बजारमा मानीसहरुको ओहोर दोहोर र जमघट देख्दा मानौ मन्थली पुर्ण रुपमा सुरीक्षत छ । यसबारेमा सरोकारवालालाई गम्भिर हुन पनि ढुँगेलले आग्रह गरे । संक्रमणको संभावना र सरकारी सूचनाको ख्याल गरि सदरमुकाममा संचालित बैक तथा वितिय संस्थाहरुले भने आफनो सेवालार्ई सचेतता पुर्वकको प्रवाह गर्नुका साथै सेवाको दायरालाई पनि साँघुरो बनाएको छ । सबै भन्दा बढि मानिसको जमघट हुने भएकोले पनि आफुहरु सावधान हुनु पर्न बाध्यता रहेको वैकिङ क्षेत्रको भनाई रहेको छ ।

मुलुक लकडाउनमा फसे यता रामेछापमा कोरोना संक्रमणको संख्या ३३ पुगेको जिल्ला स्वास्थ कार्यालय रामेछापले जनाएको छ । यसैगरि परिक्षण गरिएका हरुमध्ये ८ सय ५५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएका ३३ जना कोरोना मुक्त भई घर फर्किसकेका छन् भने ७ जनाको भने आईसुलेसन कक्षमा उपचार भईरहेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु