शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फेरी पेट्रोलियम पदार्थको भाउ बढ्यो
समाचार

फेरी पेट्रोलियम पदार्थको भाउ बढ्यो

साउन ३२
काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गयराति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन ।

अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताए । नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताएका छन । file Photo

फेसबुक प्रतिक्रियाहरु