शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर बगायो, ५ घरका ३६ बेपत्ता
समाचार

सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर बगायो, ५ घरका ३६ बेपत्ता

जुगलमा भीषण पहिरो,

साउन ३०,

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।

जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । भीषण पहिरो जाँदा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि चौतारा ल्याइएको छ । सेनाको हेलिकप्टरले चौताराबाट सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल लगेको थियो ।

सो हेलिकोप्टरले गम्भीर घाइते दुई पुरुष र दुई महिलालाई उपचारका लागि सदरमुकाम चौतारा ल्याएको हो । घाइते वर्ष २३ का पासाङ दोङ्ग, वर्ष ३ का रुप बहादुर दोङ्ग, वर्ष ६० की केवरिङ दोङ्ग र वर्ष ४३ की जुनु दोङ्गको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।  उनीहरुको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ ।

घटनास्थल जान लागेका सभामुख अग्नि प्रसाद साकोटाले चौतारामा बसेर उद्धारका लागि सुरक्षाकर्मी पठाए । घटनामा कम्तीमा ३६ बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्ती भन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ ।

आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोमा परेकाको उद्धारमा समस्या भएको छ । माथिबाट पहिरो आइरहेको र तलबाट जमिन भासिने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु