शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि : २३ हजार ३ सय नाघ्यो
समाचार

थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि : २३ हजार ३ सय नाघ्यो

कोरोना

साउन २६,

काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ४४ सहित देशभर ३३८ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ । योसँगै अब सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ भने आज ८ हजार ४३२ जनाको परीक्षण भएको छ । file Photo

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.26

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.26#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Monday, August 10, 2020

फेसबुक प्रतिक्रियाहरु