शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा ९२ सहित ३८० जना कोरोना संक्रमित थपिए
समाचार

काठमाडौं उपत्यकामा ९२ सहित ३८० जना कोरोना संक्रमित थपिए

कोरोना

साउन २५

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ६२ वर्षीय एक पुरूष र पर्सा वीरगञ्जकी २० वर्षीया महिला हुन् ।

यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८० जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । जसमा काठमाडौं उपत्यकाका ९२ जना छन् । काठमाडौंमा ९०, ललितपुरमा २ जना संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा ४० जनामात्रै कोरोना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ११ हजार ३८ जना क्वारेन्टिनमा र ६ हजार ५ सय ४४ जना आइसोलेसनमा रहेका छन् ।

खोटाङ्ग, धनकुटा, संखुवासभा, मनाङ्ग, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला कोरोनामुक्त भएका छन् । यसैबीच, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवालीले नेपालमा मास्क प्रयोग गर्नेको संख्या ७२ प्रतिशतमात्र रहेको बताए । file Photo

फेसबुक प्रतिक्रियाहरु