बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा ८७ सहित ३६० जना कोरोना संक्रमित थपिए
समाचार

काठमाडौं उपत्यकामा ८७ सहित ३६० जना कोरोना संक्रमित थपिए

कोरोना

साउन २२,

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म २१ हजार ७ सय ५० जना कोरोना संक्रमित भएका छने । पछिल्लो २४ घण्टामा ३ सय ६० जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको हो । जसमा काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च ८७ जना थपिएका छन् । ६ हजार २ सय ९६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा दुई सय ३३ जना कोरोना भाइरसबाट निको भएर घर फर्केका छन् ।

हालसम्म १५ हजार ३ सय ८९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल ६ हजार २ सय ९६ जना आइसोलेसनमा रहेका छन् । ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा छन् । यसैबीच मन्त्रालयले कुनै पनि कार्यालयमा सभा, गोष्ठी बन्द गर्न निर्देशन दिएको छ । त्यस्तै स्वाब संकलन भएका व्यक्तिले रिपोर्ट नआउन्जेल अनिवार्य क्वारेन्टिनमा बस्न पनि अनुरोध गरिएको छ ।

मन्त्रालयले चाडपर्वको मापदण्डसमेत जारी गरेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु