शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फेसबुकले अमेरिकी राष्ट्रपति ट्रम्पको पोस्ट पहिलो पटक हटायो
समाचार

फेसबुकले अमेरिकी राष्ट्रपति ट्रम्पको पोस्ट पहिलो पटक हटायो

पोस्ट

साउन २२,
ऐजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।

कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरिरहेको थियो । ट्रम्पको पोस्टका साथै फक्स न्यूजलाई दिएको ट्रम्पको अन्तरवार्ताको एउटा भिडियो क्लिप थियो । ट्रम्पले उक्त भिडियोमा बालबालिका कोभिड–१९ बाट लगभग प्रतिरोधी भएको बताएका छन् ।

फेसबुकका प्रवक्ताले भने, ‘यो भिडियोमा कोभिड–१९ को विषयमा गलत दाबी गरिएको छ र यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोनाभाइरसको संक्रमणको विषयमा गलत सूचना फैलाउने विरुद्ध छौं ।’ यसबारे अहिलेसम्म ह्वाइट हाउसको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

स्रोत : बिबिसी

फेसबुक प्रतिक्रियाहरु