बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • दुई साता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव
समाचार

दुई साता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव

साउन २०,

काठमाडौं । विज्ञहरूले कोरोना भाइरस नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन कम्तीमा दुई साता लकडाउन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। मंगलबार बालुवाटारमा भएको छलफलका क्रममा विज्ञहरुले कम्तीमा दुई साता लकडाउनदेखि आवश्यक परेमा कर्फ्‍युसमेत लगाउन सुझाव दिएका हुन्। प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा र अर्का प्रतिपक्षी नेता महन्थ ठाकुरले सरकारको काम प्रभावकारी नभएको भन्दै सक्रियता बढाउन आग्रह गरेका थिए।

कांग्रेस सभापति देउवाले कुरा मात्रै धेरै भएको भन्दै कोरोना नियन्त्रणमा पनि गम्भीर भएर काम गर्न सुझाव दिएका थिए। उनले संक्रमणको अवस्था हेरेर ठाउँ अनुसार लकडाउन गर्नुपर्ने सुझाव पनि दिएका थिए। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले लामो समय लकडाउन गरे पनि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरे। नेता ठाकुरले लकडाउन गरेरमात्रै नहुने देखिएकाले सरकारको आगामी योजना पनि बलियो बनाउनुपर्ने बताए।

‘पहिलो लकडाउनका बेला सरकारको काम गराइ चित्त बुझ्दो भएन। सरकारले त्यसबेला समय खेर फालेको छ’, उनले भने, ‘लकडाउन गरेर मात्रै समाधान हुँदैन। सरकारले योजना पनि ल्याओस्। लकडाउन थपेर मात्रै अवस्था उस्तै भए के अर्थ भयो र? त्यसैले सरकार गम्भीर हुनुपर्छ।’

त्यस्तै वरिष्ठ चिकित्सक भगवान कोइरालाले लकडाउन नगरी संक्रमण धेरै फैलिएका स्थानमा सबै किसिमको आवागमन बन्द गर्न सुझाव दिएका थिए। ‘लकडाउन नभनौं, संक्रमण बढेका ठाउँमा आवागमन सबै बन्द गरौं’, उनले सुझाव दिँदै भने, ‘विरामीबाहेक अरु संक्रमितलाई अस्पताल भर्ना नगरौं। घरमै आइसोलेसनमा राखेर उपचारको व्यवस्था गरौं।’file Photo

फेसबुक प्रतिक्रियाहरु