साउन १८
भारतको उत्तर प्रदेश राज्य सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनउस्थित पीआईजी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । उनको निधनप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गर्दै राष्ट्रले ठूलो क्षति व्यहोरेको जानकारी दिए ।
त्यस्तै भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ । गृह मन्त्री शाहले आफूमा कोरोना लक्षण देखिएपछि जाँच गराउँदा रिपोर्ट पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराए । साथै उनले आफ्नो अवस्था सामान्य रहेको र डाक्टरको सल्लाहमा अस्पतालमा भर्ना हुँदै गरेको जनाकारी दिए ।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (Modi Ka Parivar) (@AmitShah) August 2, 2020
त्यस्तै बलिवुड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किनुभएको छ । आजको परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएको अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिए ।
अमिता बच्चको पेज हेर्न याँहा किलिक गर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु