शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विश्वभर १ करोड ७९ लाख ९९ हजार भन्दा धेरैमा कोेरोना पुष्टि : १ करोड ३१ लाख ३८ हजार ४१९ निकोभए
समाचार

विश्वभर १ करोड ७९ लाख ९९ हजार भन्दा धेरैमा कोेरोना पुष्टि : १ करोड ३१ लाख ३८ हजार ४१९ निकोभए

साउन १८,

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट एकैदिन २ लाख ४६ हजार बढी मानिस संक्रमित भएका छन्। शनिबार विश्वभर २ लाख ४६ हजार ३ सय संक्रमित थपिएको वल्डोमिटरले जनाएको छ।

​थपिएका मध्ये सबै भन्दा धेरै संक्रमित अमेरिकाका रहेका छन्। अमेरिकामा ५८ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा हिजो एकैदिन ५४ हजार ८ सय ६५ मा कोरोना पुष्टि भएको छ।

त्यस्तै ब्राजिलमा ४२ हजार ५ सय ७८ संक्रमित भेटिएका समाचार एजेन्सीले जनाएका छन्।

दक्षिण अफ्रिकामा १० हजार, रुसमा ५ हजार ४ सय, मेक्सिकोमा ८ हजार र कोलम्बियामा १० हजार ६ सय संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा विश्वभर ५ हजार २ सय ९७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका र ब्राजिलका संक्रमित धेरै रहेका छन्।

दुवै देशमा एक हजार भन्दा धेरैको मृत्यु भएको अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

भारतमा ८५२, मेक्सिकोमा ६८८, इरानमा २१६ र कोलम्बियामा २२५ जनाको मृत्यु भएको छ।

विश्वभर हालसम्म १ करोड ७९ लाख ९९ हजार भन्दा धेरै संक्रमित भेटिएका छन्। ती मध्ये ६ लाख ८७ हजार ८ सय ५ जनाको ज्यान गइसकेको छ। त्यस्तै १ करोड ३१ लाख ३८ हजार ४ सय १९ मानिस निको भएका छन्।  file Photo

फेसबुक प्रतिक्रियाहरु