साउन १७
रामेछाप । रामेछाप जिल्लामा फेरी कोरोना संक्रमितहरु थपिएका छन् ।
शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापले जनाकारी दिएको छ । शुक्रबार जिल्लाको सुनापति गाउँपालिका ३ की ३३ वर्षीय महिला र मन्थली नगरपालिका वडा नं ४ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसंगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल संख्या २७ पुगेको छ । त्यस्तै जिल्ला बाहिर बस्ने रामेछापेलीहरुमा १० जनामा कोरोना भेटिएको छ ।
शुक्रबारसम्ममा जिल्लाम ८९२ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै ६४ जनाको रिपोर्ट आउन बाँकी छ । भने ५०५ जनाको नेगेटिभ रिपोर्ट आएको छ । file Photo
फेसबुक प्रतिक्रियाहरु