शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेता साउद भन्छन; रुकुमको नरसंहारलाई न्याय दिलाएरै छाड्छौ
समाचार

नेता साउद भन्छन; रुकुमको नरसंहारलाई न्याय दिलाएरै छाड्छौ

काठमाडौं  |  नेपाली कांग्रेसका नेता एनपी साउदले दलितको पार्टी हौं भन्ने नेकपाको वास्तविक अनुहार रुकुम पश्चिममा  नांगिएको बताएका छन् । माइतिघरमण्डलामा  रुकुम पश्चिममा आधा दर्जन युवाहरुको ज्यान जाने गरि भएको घटना जातीय मात्र भन्दा पनि मानवताविरुद्धकै अपराध भएको बताए ।

उनले विगतमा आफुलाइए दलितको पार्टी भन्दै दलितहरुलाई युद्धमा उपयोग गरेका पार्टीका नेताहरु रुकुम पश्चिमको नरसंहारमा बोल्न डराएको पनि उनले बताए ।  चौरजहारी सोतीका वडा अध्यक्ष र नेकपाका जिम्मेवार नेताहरु सदनमा के भन्दैछन् ? भन्दै उनले  दलितको पक्षमा नेपाली कांग्रेस रहेको बताए ।

सामाजिक विभेदको घटनालाई सत्ताको संरक्षण गर्ने काम भएको भन्दै उनले घटनाको सत्यतथ्य छानविन गर्दै दोषीमाथि कडा भन्दा कडा हुनुपर्ने माग गरे ।  ‘दलित भएका कारण भेदभाव गर्न पाइँदैन । सत्तासिन पार्टीका मान्छे बोल्न डराउँदैैछन् । देशभरका दलितहरुले चिन्नुपर्ने बेला आएको छ ,’ उनले भने ।  गत जेठ १० गते अन्तरजातीय प्रेमको विषयलाई लिएर भएको नरसंहारकारी घटनाको सर्वत्र विरोध भइरहेको छ ।

नेपाली कांग्रेसको दलित संघ र दलित विद्यार्थी संघले पनि चरणवद्ध आन्दोलन गरिरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु