जेष्ठ २५, काठमाडौँ |
रुकुम हत्या काण्डको बिरुद्धमा नेपाल दलित बिधार्थी संघले आज जोरपाटीमा मसाल जुलुस गर्दै गर्दा प्रहरीले लाठि हानि अभद्र शैलीमा १० जनालाई भ्यानमा हालेर बौद्ध प्रहरी वृतमा लग्यो।
संघका केन्द्रीय अध्यक्ष राजु सुनार, केन्द्रीय सदस्य सुबास बराइली, केन्द्रीय सदस्य सलमान बिसुंखे, दलित संघ काठमाडौँ क्षेत्र नं ३की सभापति कमला नेपालि, नेबिसंघ नेता बुद्धिलाल तामाङ, दलित संघ छेत्रीय सदस्य रेशम बराइली र अन्य ४ जनालाई पक्राउ गरेको हो।
संघका केन्द्रीय अध्यक्ष राजु सुनार अलि बढी घाइते भए भने अरु अन्य केहि व्यक्तिहरु सामान्य घाइते भएका छन् |
फेसबुक प्रतिक्रियाहरु