काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७९८ पुगेको जनाए ।
संक्रमित हुनेमा
क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।
मन्त्रालयका अनुुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु