शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
समाचार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

१५ जेठ,

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का एक युवकको बाटोमै  मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।

घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये यो संख्यासहित सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक, बारामा एक गरी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु