बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाल दलित बिध्यार्थी संघले कारवाहीको माग गर्दै बिज्ञप्ति जारि गर्यो
जुनेली बिशेष

नेपाल दलित बिध्यार्थी संघले कारवाहीको माग गर्दै बिज्ञप्ति जारि गर्यो

जेठ ११,
काठमाडौँ |  अहिलेको विषम परिस्थितिमा कोरोनाको कहरबाट विश्व नै प्रभावित भईरहेको अबस्थामा नेपाल पनि उत्तिकै जोखिमपूर्ण अबस्थाबाट गुज्रिदै गर्दा शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतो स्थित तथाकथित गैरदलित गाउँलेहरुको कुटाईबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज बिकको मृत्यु भएको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
स्थानिय सुष्मा मल्ल नाम गरेकी युवती र नवराज बिच प्रेम सम्बन्धलाई लिएर दलित भएकै कारणले निजले ज्यान गुमाउन परेको प्रहरीद्वारा स्पष्ट जानकारी बाहिर आईसकेको छ ।
२१ औँ शताब्दिको उन्नत समाजमा आजको समयमा पनि दलित भएकै कारण गैर दलित युवती सँग प्रेम सम्बन्धमा रहेको कुराले ज्यान नै गुमाउने घटना घट्नु अत्यन्तै दुखदायी एवं निन्दनीय हो र हाम्रो समाज फेरी कता जादै छ भन्ने गम्भीर प्रश्न उठेको छ । यो घटनामा संलग्न सम्पूर्ण दोषीहरुलाई नेपालको मुलुकी अपराध संहिता, २०७४ र छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अन्तर्गत कानुनी दयारामा ल्याई हदै सम्मको सजायको माग गरिन्छ ।
यसैगरि, पिडित पक्षलाई क्षतिपूर्ति सहित सामाजिक सुरक्षाको समेत सुनिश्चितताको समेत प्रबन्ध मिलाउन स्थानिय प्रशासन समक्ष अनुरोध गरिन्छ ।
साथै नेपाल दलित विद्यार्थी संघको नाममा केहि गलत तत्वहरुले लेटर प्याड, छाप र हस्ताक्षर समेत किर्ते गरि समय–समयमा विभिन्न सन्देश सम्प्रेषण गरिएको पाईएकाले आज उप्रान्त तेस्ता गैर कानुनी कार्य नगर्न–नगराउन अनुरोध गर्दछु । अन्यथा किर्ते कागज सम्बन्धि कानुनी कारवाही गर्न बाध्य हुने कुरा जानकारी समेत यसै बिज्ञप्ति मार्फत गराएको छ |

फेसबुक प्रतिक्रियाहरु