शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धार्मिक तथा आध्यात्मिक सदभावना दूत रेखा अर्यालले कोही पनि भोकले मर्नु हुदैन् भन्दै…
समाचार

धार्मिक तथा आध्यात्मिक सदभावना दूत रेखा अर्यालले कोही पनि भोकले मर्नु हुदैन् भन्दै…

जुनेली न्युज,

काठमाडौँ |  बिश्वोमा कोरोना भाइरसको महामारी फैलिए संगै नेपालमा पनि लक डाउनको कारण मजदुर तथा बिपन्न परिवारहरु निक्कै मारमा परेको अवस्थामा, धार्मिक तथा आध्यात्मिक सदभावना दूत एबम् त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकी निवर्तमान केन्द्रीय अध्यक्ष रेखा अर्यालले लकडाउन सुरु भएदेखिनै अप्रत्यक्ष रुपमा विभिन्न कोणबाट सहयोग गर्दै आएको कुरा हाम्रो यस जुनेली न्युज समक्ष जानकारी स्वरुप आइपुगेको छ।

No description available.

आफ्नो व्यक्तिगत र अरू अन्य संघ संस्थासँग समन्वय गरि निरन्तर राहत वितरण र आवश्यक व्यवहारिक एबम् प्राविधिक सहयोग गर्दै आईरहेको कुरा जानकरीमा आएको छ। अर्यालको अर्को चाख लाग्दो कुरा, “आफ्नो कार्य क्षेत्र भन्दा पनि आत्मियता र भावनात्मक सम्बन्ध झन बलियो हुदो रहेछ” भन्ने कुराको प्रमाणित अर्यालको यस कार्यले गरेको छ। अत: त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा हाल एक जना कार्यालय सहयोगी दिदीलाई समेत कुनै पनि व्यक्ति वा संघ संस्थाहरूले राहत उपलब्ध नगराए पछि, अर्याल आफै गएर आवश्यक सामाग्रीहरु राहत स्वरुप प्रदान गरेकी छन्। “अर्याल भन्छिन् भोकले कोही पनि मर्नु हुँदैन, यो बेला भनेको एकले अर्कालाई सकेको सहयाेग गर्ने हो। अनि मात्र हामी यो अहिलेको बिषम परिस्थितिबाट सहजै बाहिर आउन सक्छौं।”

No description available.

फेसबुक प्रतिक्रियाहरु