बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर न.पा.को समन्वयनमा प्ल्युल ल्हाटुल रिम्पोछे च्यारिटीद्वारा राहात वितरण
समाचार

गोकर्नेश्वोर न.पा.को समन्वयनमा प्ल्युल ल्हाटुल रिम्पोछे च्यारिटीद्वारा राहात वितरण

जुनेली न्युज,

काठमाडौँ |  काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा अबस्थित प्ल्युल ल्हाटुल रिम्पोछे च्यारिटी संस्था मार्फत गोकर्नेश्वोर नगरपालिका वडा नं ५ नयाबस्तीमा रहेका ५० जना गरिब, निमुखा, मजदुर तथा बिपन्न वर्गहरुलाई राहात स्वरूप खाद्यान्न वितरण गरेको छ |

गोकर्नेश्वोर नगरपालिका र वडा नं ५ को  समन्वयन मिति २०७७ जेठ ३ गते बिहान सामाजिक दुरी कायम गराई राहात वितरण गरेको हो |

प्ल्युल च्यारिटी संस्थाले यस अघि पनि काठमाडौँ का विभिन्न स्थानमा मजदुर तथा बिपन्न वर्गहरुलाई राहात वितरण गरि सकेको छ |

साङ्गे छ्योइलिंग बौद्ध गुम्बासंग सम्बन्धित रहेको प्ल्युल च्यारिटीले कोरोना संक्रमणको बेला बिपन्न जनताको लागि घाउको मलम बनि रहेको यांग योन्जनले बताए |

सो राहात वितरण कार्यक्रममा गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिकाकै प्रमुख सल्लाहकार दिपक रिसाल, वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुबेदी, वडा नं ६ का अध्यक्ष रमेश आर्याल, नेपाल मेडिकल कलेज कर्मचारी युनियनका अध्यक्ष किरण केसी समेतको उपस्थिति रहेको थियो |

राहात वितरण  स्थानीय समाजसेवी लिला भट्टराईको संयोजकत्वमा भएको थियो भने कमला नेपाली, श्री बहादुर योगी लगायतको टिमले सहयोग गरेका थिए |

फेसबुक प्रतिक्रियाहरु