बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भारतको हेपाहा प्रवृतिको विरुद्धमा आन्दोलन गर्ने साना दलको चेतावनी
समाचार

भारतको हेपाहा प्रवृतिको विरुद्धमा आन्दोलन गर्ने साना दलको चेतावनी

काठमाडौं । भारतले नेपालको सीमा मिचेकोप्रति आपत्ति जनाउँदै साना दलहरुले सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस (विपी) को कार्यालय गोंगबुमा बसेको बैठकले नेपाल सरकारलाई कुटनीतिक पहल गर्दै सीमा फिर्ता गर्नका लागि पहलकदमी गर्न सुझाव दिएको छ ।
हालै भारत सरकारले नेपालको भूमीमा सडक बनाएर गरिएको कव्जाले भारतले हामीमाथि गर्ने व्यवहार प्रष्ट भएको भन्दै सामूहिक रुपमा संघर्ष गर्नुपर्ने जनाइएको छ । हालै बसेको संयुक्त बैठकले नेपाल सरकारको निरीहता, लाचारीपनको समेत विरोध गरेको छ । नेपाली कांग्रेस (विपी) का महामन्त्री सुशीलमान शेरचनले सरकारको कमजोरीका कारण नेपालको राष्टियता र सार्वभौमिकता संकटमां परेको बताए ।
उनले आफूलाई प्रजातान्त्रिक मुलुक भन्ने भारतले पटकपटक सीमामाथि आक्रमण गर्नु निन्दनीय भएको भन्दै आपत्ति जनाएका छन् । उनले राष्टियताको रक्षा र सार्वभौमिकताको संरक्षणका लागि नेपालीहरु जस्तोसुकै बलिदान दिन पनि तयार रहेको दावी गरे । संयुक्त बैठकले नेपाल भूगोल र जनसंख्याको आधारमा सानो भएपनि आफ्नो देशको रक्षा र सवतन्त्रताको लडाइका लागि सधैं लागिपरेको पनि जनाएको छ ।
नेपालले छिमेकीहरुप्रति देखाएको सद्भाव र सहिष्णुलाई कमजोर नठान्न पनि उनीहरुले भारतलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस (विपी) का महामन्त्री शेरचनसहित, नेकपा मालेका स्थायी समिति सदस्य कृष्ण राना, सर्वहारा नेकपा माओवादीकी अध्यक्ष भावना विद्रोही, नेपाल समाजवादी पार्टीका उपाध्यक्ष रामशरण पाण्डे, ग्रेटर नेपालका सदस्य तिलकबहादुर महत, स्वतन्त्र नागरिक समाजका श्रीराम घिमिरेलगायतको उपस्थितिमा संयुक्त बैठक बसेको थियो ।

फेसबुक प्रतिक्रियाहरु