बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पाँच छोरी पाए पछि बुडाले छाडेर गए, युवा नेता राजु सुनार पुगेर दिए राहात सहित केही रकम
समाचार

पाँच छोरी पाए पछि बुडाले छाडेर गए, युवा नेता राजु सुनार पुगेर दिए राहात सहित केही रकम

बैशाख २९, काठमाडौँ |  सिन्धुपाल्चोक घर भाइ  हाल काठमाडौँ गोकर्नेश्वोर नगरपालिका वडा नं ८ माकालबारी बस्ने सन्चु बिश्वोकर्मा  नामकी महिलालाई छोरि नै छोरि ५ जना भएको भन्दै बुढाले छोडेका छन् | बिगत १७ वर्ष अगाडी बिबाह भएको र छोरा जन्माउने भन्दा भन्दै  ५ वटै छोरि जन्माको भन्दै बुढाले छोडेको हो|

उनले ९ दिन अगाडी छोरि जन्माएकी थिइन् भने जेठी छोरि १५ बर्षकी छिन | उनको दुख देख्न नसकेर  आफ्ना ३ ओटा छोरिहरु आफान्ताहरुले कोहि आफन्ताकोमा र कोहि लगेर बाल आश्रममा राखिदिएका छन् भने जेठी छोरि र भर्खर जन्मिएको छोरि भने आफि संगै छन् | “जेठी छोरि भएपनि घर बस्दिन एक गिलास  पानि तताएर पनि दिन्न बाहिर बाहिरै बस्छे” उनले बताइन  |

आफ्नो आम्दानि केहि छैन लक डाउन भन्दा अगाडी अरुको घरमा काम गरेर छोरिहरुलाई पाल्थे, कोहि कोहिले दुख देखेर अलि अलि सहयोग गर्छन उनको भनाइ छ | उनको अहिले स्तनमा घाउ भएर बिरामी अबस्थामा छिन |

“बुढो संगै हुदा पनि जाहिले जाड खाएर आउने झगडा गरेर कुट्ने गर्नु हुन्थ्यो, म गर्भवती हुदा पनि पिटेर बच्चाको पेटमै मृतु भएर अप्रेसन गरेर  फाल्नु पर्यो पछि थाहा भयो छोरा रहेछ” उनले बताइन |

यी सबै कुरा  कुरा थाहा पाए पछी नेपाल दलित संघका केन्द्रीय अध्यक्ष राजु सुनार, केन्द्रीय सदस्य सुबास बराइली, मोहन सेन्चुरी, बुद्धिलाल तामांग, रंजन कुमार सापकोटा लगाएतको टिम गएर चामल, नुन, तेल, मसला, खोर्शानी, तारकारी, अण्डा र केहि रकम सहित अध्यक्ष राजु सुनारले प्रादान गरेका हुन् |

यदि आमाले मानेको खण्डमा १ जना छोरीलाई हाम्रो सुनौलो संसार बाल आश्रममा राख्न सक्ने कुरापनि पिडित आमालाई अध्यक्ष सुनारले बताएका छन् |

यदि कसैले सहयोग गर्न चाहानु हुन्छ भने जुनेली न्युजलाइ सम्पर्क गर्न सक्नु हुनेछ | ( ९८४४२८०४१४  )

फेसबुक प्रतिक्रियाहरु