शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
समाचार

अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

जुनेली न्युज ,
पोखरा । नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको संयुक्त प्रयासमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सहयोग पुगोस् भनेर राहत सामग्री हस्तान्तरण गरिएको छ ।
कोषाध्यक्ष पाण्डेले कोरोना भाइरसको त्रास बढ्दै गएकाले स्वास्थ्यकर्मीलाई उपचारमा सहयोग होस् भनेर आवश्यक सामग्री उपलव्ध गराइएको बताइन् । सिडेनका अध्यक्ष इन्जिनियर सुरेन्द्र पाण्डे, सिडेनका वरिष्ठ सल्लाहकार रमेश वास्तोला, सचिव सन्तोष जिसी, कोषाध्यक्ष अबिट केसीगायतको उपस्थितिमा अस्पतालका डाइरेक्टर अर्जुन आचार्यलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । कोषाध्यक्ष पाण्डेले १५ थान पीपीई सेट, मास्क ५ सय थान हस्तान्तरण गरिएको जनाइन् ।
कोरोना भाइरसको त्रासले स्वास्थ्यकर्मीहरु झन् बढी समस्यामा परेको हुँदा सबैभन्दा पहिले स्वास्थ्यकर्मी नै सुरक्षित रहनुपर्छ भनेर सामग्री उपलव्ध गराइएको पाण्डेले बताइन् । उनले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने पनि जनाएकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु