जुनेली न्युज ,
काठमाडौँ | दक्षिणढोका युवा क्लबद्वारा बोडेमा अबस्थित श्रीमाद भागवत प्रचारप्रसार संघको बाल आश्रमलाई खाद्यान्न प्रदान गरेको छ | जिम्बा लामाको समन्यवनमा क्लबका अध्यक्ष किरण तामांग र अमृत थापा सहितको क्लबका सदस्यहरुको उपस्थीतिमा खाद्यान्न प्रदान गरेका हुन् |
कोरोना भाइरसको महामारीको बेला बालबालिकाहरुको लागि सहयोग होस् भन्ने हेतुले १३ जना बालबालिकाहरु रहेको संस्थामा क्लबले चामल, नुन, मस्यौरा,अन्य तरकारीहरू सहित मिलाएर खाद्यान्न प्रदान गरेको हो |
फेसबुक प्रतिक्रियाहरु