शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • वीरगञ्जमा एकै परिवारका १७ जना कोरोना संक्रमित, नेपालमा संख्या ९९ पुग्यो
समाचार

वीरगञ्जमा एकै परिवारका १७ जना कोरोना संक्रमित, नेपालमा संख्या ९९ पुग्यो

२४ वैशाख,

वीरगञ्ज ।  वीरगञ्जमा  एकै दिन १७ जनामा कोरोना भाइरस देखिएको छ । वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो ।

त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ६६ वर्षका वृद्धसमेत छन् ।

अब परिवारको सबै सदस्यमा संक्रमण देखिएकाले उनीबाट परिवारको सदस्यमा सरेको हो कि अर्का सदस्यबाट हो भन्ने यकिन गर्न नसकिने वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाले जानकारी दिएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ९९  पुगी सकेको छ |

फेसबुक प्रतिक्रियाहरु