शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाजसेवी दोर्जेमान जिम्बाको नेतृत्वमा मूलपानी काठमाडौंमा ५० परिवारलाई राहत वितरण
समाचार

समाजसेवी दोर्जेमान जिम्बाको नेतृत्वमा मूलपानी काठमाडौंमा ५० परिवारलाई राहत वितरण

बैशाख २०,

काठमाडौं ।  । युवा समाजसेवी जीवन लोप्चनको समन्वयमा नेपालि कांग्रस काभ्रे जिल्लाका सदस्य तथा समाजसेवी दोर्जेमान जिम्बाले काभ्रे जिल्ला खानीखोला गाउँपालिकाबाट काठमाडौँमा आई विभिन्न मजदुरी गर्ने तथा भाडामा  बसेका विद्यार्थीहरुलाई राहत वितरण गरेको छ|  लकडाउनको प्रभावले समस्यामा परेका ५० परिवारका लागि मूलपानीमा राहत वितरण गरेको छ । कार्यक्रममा  काँग्रेसका महासमिति सदस्य  सार्कीमान लामाको समेत उपस्थिति रहेको थियो |

विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण नेपाल लकडाउनमा परेको  र बाहिर निस्किन नपाएको अवस्थामा केही दिनका लागि भएपनि खानामा समस्या नहोस भनेर राहत वितरणमा गरेको समाजसेवी दोर्जेमान जिम्बाले बताए । व्यत्तिःगत प्रयासबाटै राहतको जोहो गरी वितरण गरेको बताउँदै यस्तो महामारीमा कोही भोकै नहोस् र मानसिक रुपमा तनाव नहोस भन्दै केही दिनसम्म खाना पुग्ने गरी खाद्यन्न सामाग्री वितरण गरेको बताए । त्यस्तै समाजसेवी सार्कीमान लामाले गाउँबाट विभिन्न अवसरका लागि काठमाडौँ प्रवेश गरेका दाजुृभाई दिदीवाहिनी तथा वर्गहरु लकडाउनले गर्दा समस्यामा परेको भन्दै सहयोगमा जुटेको बताए ।

युवा समाजसेवी जीवन लोप्चनले आफ्नो गाउँका व्यक्तिहरुलाई कुनै समस्याबाट पीडामा नहोस भन्दै राहतको व्यवस्थापन गरेको बताए । यस अघि पनि करिव १५० परिवारलाई राहत वितरण गरिसकेको उल्लेख गर्दै यस पटक पनि स्थानीय सरकार कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ संग समन्वय गरी राहत बाँडेको हुन् । लोप्चनले एक महिनादेखि नै ६० जनालाई खानाको व्यवस्थापन समेत गर्दै आएका छन् । राहत सामाग्रीमा चामाल, नुन, तेल लगायत रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु