प्रकाशित द्वारा: आइतवार, बैशाख ७, २०७७
७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित संघ केन्द्रले अपिल गरेको छ |
नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ आवश्यक राहत सहयोगका लागि प्रयासरत भएको जनाएको छ | नेपाल दलित संघका पदाधिकारीहरुको फोन नं.मा तत्काल सम्पर्कका लागि र इच्छुक महानुभावहरु लाई राहात सहयोगकालागि समेत अनुरोध गरिने संघका केन्द्रीय सचिब दिपक सोनीले जुनेली न्युजलाई बताए |
तत्काल सम्पर्कका लागि :
मा. मीन विश्वकर्मा, केन्द्रीय अध्यक्ष, नेपाल दलित संघ : 9851060690
दीपक सोनी दीपक सोनी, केन्द्रीय सचिव नेपाल दलित संघ 9841708934
राजु सुनार, केन्द्रीय अध्यक्ष, नेपाल दलित विद्यार्थी संघ : 9851270982
फेसबुक प्रतिक्रियाहरु